राजनीति

एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भड्किरहेका हुन्थ्यौँः माधव नेपाल

Banner

काठमाडौं,असार १४-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायोचित काम गरेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताए । उनले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए ।

उनले आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरू गल्लीमा भड्किरहेको अवस्थामा हुने बताए । उनले आफूहरूले आत्मसमर्पण नगरेको बताए । अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको दाबी गरे । उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>