समाचार

एसईईमा दुईभन्दा बढी विषयमा नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने मन्त्री श्रेष्ठको निर्णय

Banner

काठमाडौं,असार १४-

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा पनि नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरूलाई पनि मौका परीक्षा दिने अवसर बनाएकी हुन् ।

यो पटक लेटर ग्रेडअनुसार एसईईको परीक्षाफल प्रकाशित भएपछि नन ग्रेड विद्यार्थीले ११ कक्षामा अध्ययन गर्न नपाउने व्यवस्था छ । त्यसैले मौका परीक्षामार्फत ग्रेड बढाउने अवसर छ । मन्त्री श्रेष्ठले ठूलो संख्यामा विद्यार्थी अध्ययनबाट वञ्चित हुने अवस्था आएको भन्दै उनीहरूले पनि मौका परीक्षा दिन पाउने निर्णय गरेकी हुन् । बिहीबार सार्वजनिक एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडमा छन् । यो कूल परीक्षामा सहभागी विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>