देश/प्रदेश

जोगी बनेर भिख माग्न पुगेका भारतीय नागरीकले कानको रिङ लुटेपछि…

Banner

काठमाडौं, असार १४-

काठमाडौंबाट प्रहरीले दुई भारतीय नागरिक प्रकाउ परेका छन् । दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्न गएका दुई भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो ।

जोगीको भेषमा भिख माग्न पुगेका भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना प्रकाउ परेका हुन् । उनीहरुले भिख माग्ने क्रममा कानमा लगाएका दुवै रिङ लुटेर लगेको प्रहरीको दाबी छ।

प्रहरीले उनीहरूको साथबाट लुटिएको भनिएका रिङ पनि बरामद गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>