अन्तर्राष्ट्रिय

गाडी चढाएर एयरपोर्ट नपुर्‍याएको भन्दै ब्वायफ्रेण्ड विरुद्ध मुद्दा

Banner

काठमाडौं, असार १४-

आफ्नो प्रेमीविरुद्ध मुद्दा मामिला गर्ने पनि अनेक बहाना हुँदा रहेछन् । न्युजिल्याण्डमा एकजना महिलाले आफूलाई गाडीमा चढाएर एयरपोर्ट सम्म नपुर्‍याएको भन्दै प्रेमी विरुद्ध मुद्दा हालेकी छिन् ।

सुरुमा एयरपोर्ट लगिदिन्छु भनेको तर पछि नलगिदिएकोले जहाजको उडान छुट्नुका साथै थप पैसा खर्च भएको भन्दै उनले मुद्दा हालेकी हुन् ।

न्युजिल्याण्डको विवाद ट्रिब्युनलले सार्वजनिक गरेको कानूनी कागजात अनुसार ती महिलाले ब्वायफ्रेण्डसँग ३० हजार क्षतिपूर्ति माग गरेकी छिन् ।

साथीहरुसँग एउटा कन्सर्टमा जानका लागि जहाज यात्रा गर्न लागेकी उनले एयरपोर्ट सम्म पूराइदिनका लागि प्रेमीलाई भनेकी थिइन् । साढे ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीचमा कुनै असमझदारी थिएन । तर, त्यस दिन प्रेमीले उनलाई एयरपोर्ट लैजानका लागि गाडी लिएर आएनन् । जसका कारण उनी समयमै एयरपोर्ट पुग्न सकिनन् र जहाज छुट्यो । जसका कारण उनले थप खर्च गरेर अर्को उडान कुर्नुपर्यो।

त्यतिमात्र होइन त्यहीँ घटनाका कारण उनीहरुबीचको सम्बन्ध पनि टुक्रियो । त्यसपछि उनले क्षतिपूर्तिको माग गर्दै ती प्रेमी विरुद्ध विवाद न्यायालयमा मुद्दा हालिन् । पूर्व ब्वायफ्रेण्डले आफूसँगको मौखिक सम्झौता तोडेको उनको आरोप थियो । तर, ट्रिब्युनलले भने उनीहरुबीच कुनैपनि लिखित सम्झौता नभएको र ती पुरुष प्रेमिकालाई गाडीमा हालेर एयरपोर्ट लैजानुपर्ने कुनै कानूनी दायित्वमा नरहेको भन्दै महिलाको निवेदन खारेज गरिदिएको छ ।

न्यायालयले भनेको छ, ‘पार्टनर, साथी तथा सहकर्मीहरुले विभिन्न सामाजिक सम्झौताहरु गर्दछन् । तर ती कुराहरु कानूनी रुपमा लागु हुने सम्भावना रहँदैन र त्यसमा उनीहरुको इच्छाको कुरा नै प्रमुख बन्दछ। साथीले आफ्नो बाचा पूरा नगर्दा अर्को पक्षलाई आर्थिक घाटा पनि हुनसक्छ । तर कानूनी रुपमा उक्त क्षतिको क्षतिपूर्ति भने भराउन सकिँदैन।’ एजेन्सीको सहयोगमा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>