देश/प्रदेश

महालेखाले बालेनले काठमाडौंका संघसंस्थाका नाममा १२ करोड बाँडेको भन्दै उठायो प्रश्न

Banner

काठमाडौं, असार १४-

बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर भएको पहिलोवर्ष नेताका नामका प्रतिष्ठान, फाउन्डेसन र संघ–संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ ।

निर्वाचित भएपछि बालेनले काठमाडौं महानगरपालिकाको पहिलो बजेट २०७९ असार १० गते ल्याएका थिए । नगरसभामा उपमेयर सुनिता डंगोलले उक्त वर्ष काठमाडौं महानगरपालिकाका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी थिइन् ।

त्यही रकममध्ये १२ करोड १५ लाख रुपैयाँ बालेनले कारवाही गर्नुपर्ने विभिन्न नेताका नाममा सञ्चालित प्रतिष्ठान, फाउन्डेसन र संघसंस्थालाई वितरण गरेको पाइएको हो ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमाअनुदान स्वरुप उपलब्ध गराएको रकमबारे प्रश्न उठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>