मनोरञ्जन

महामन्त्री ढकालको प्रतिवेदनलाई लिएर शिव परियारले भनेः बालेनको राजनीतिक करिअर सिध्याउने योजना भयो

Banner

काठमाडौं, असार १४-

गायक शिव परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर टिप्पणी गरेका छन् ।

केहिदिन अगाडि रास्वपा महामन्त्री ढकालले ल्याएको ३२ पाने प्रतिवेदनका कारण पार्टीपंक्ति मात्रै होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । उनले मेयर बालेन शाहसँग सहकार्य गरेर रास्वपा अघि बढ्नुपर्ने प्रतिवेदन तयार पारेका छन् । बालेनसहित धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

बालेन, गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सकिने ढकालको दाबी छ ।

प्रतिवेदनमा उल्लेख यही विषयलाई लिएर गायक परियारले टिप्पणी गरेका हुन् । उनले यो बालेनको राजनीतिक करिअर सिध्याउने योजना अनुरुप आएको दाबी गरेका छन् ।

शिवले लेखेका छन्:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>