राजनीति

सरकारले अपमान गर्दा लगानीकर्ताले पैसा विदेशमा लैजान थाले, देश नचल्ने अवस्था आउनसक्छ- ज्ञानेन्द्र शाही

Banner

काठमाडौं, असार १४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको गलत रवैयाका कारण लगानीकर्ताले पैसा विदेश लैजान थालेको बताएका छन् । भविष्यमा देश चल्न नसक्ने अवस्था आउने उनले टिप्पणी गरे ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राप्रपा सांसद शाहीले सरकारको अपमानका कारण नेपालमा लगानी गर्ने लगानीकर्ताले पैसा विदेशतिर लैजान लागेको बताएका हुन् । ‘अर्थव्यवस्था बाहिरबाट हेर्दा फुलेको बेलुन जस्तो छ, एउटा पिनले घोच्यो भने धराशायी हुन्छ । पछिल्लोपटक यहाँका लगानीकर्ताले सरकारको अपमानका कारण लगानी गर्ने वातावरण सृजना नभएको भन्दै विदेशमा लगानी गरेका छन्, पैसा विदेश लगिरहेका छन्,’ शाहीले भने, ‘समयमै सोचौं, भोलि देश चल्न नसक्ने आस्था आउन सक्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>