अर्थ वार्ता

एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Banner

काठमाडौं, असार १४-

नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>