Breaking News

वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँः प्रधानमन्त्री

Banner

काठमाडौं,असार १४-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नकारात्मक भाष्य चिर्ने र जनताका पक्षमा अझ राम्रा काम गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे ।

क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको उनको भनाइ छ । उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने उनले बताए । कम्युनिस्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर नकारात्मक भाष्य चिर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>