देश/प्रदेश

एसईई पास भएको सुन्न नपाउँदै पहिरोमा पुरिए लमजुङका विकल

Banner

लमजुङ, असार १४-

लमजुङ दोर्दी गाउँपालिका-९ स्याउत सुनार गाउँका एक किशोर पहिरोमा पुरिएका छन् । एसईई परीक्षा दिएका १६ वर्षीय विकल सुनार पहिरोमा पुरिएका हुन् ।

जनकल्याण माध्यमिक विद्यालय चिति तिलाहरबाट परीक्षा दिएका विकल २.८० जीपीएका साथ उत्तीर्ण भएका थिए । तर, आफू पास पाएको खबर भने उनले सुन्न पाएनन् ।

वर्षातसँगै आएको पहिरोले एक दिनअघिमात्र घरसहित उनलाई पनि बगाएको थियो । पहिरोमा परी उनका दाइ मिलन सुनार भने घाइते छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>