देश/प्रदेश

भारतबाट घर फर्किएका यात्रुको बसमा मृत्यु

Banner

बैतडी, असार १४-

बैतडीका एक यात्रुको बसमै मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार बैतडीको दशरथचन्द नगरपालिका(९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको मृत्यु भएको प्रहरीले जनकारी दिएको हो ।

भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए । जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

जोशीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । मृत्युको कारण भने खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>