Breaking News

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई

Banner

चितवन, असार १४-

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम गर्ने जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीले पाएको छ । रंगशाला निर्माणको लागि दोस्रो पटकमा टेण्डर हालेका १२ कम्पनीमध्येबाट हिमालयन काञ्चिोक बीबीआर जेभी छनोट भएको हो ।

सो कम्पनीको नाममा आज ७ दिने आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ ।

सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३–३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>