चितवन विशेष

माडी-ठोरी सडक अबरुद्ध

Banner

माडी,असार १४-

गायराती देखि परेको बर्षाका कारण खोलामा पानीको बहाब बढ्दा माडी–ठोरी सडक अबरुद्ध भएको छ । चितवनको माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला र वडा नम्वर ३ र २ को सिमाना भएर बग्ने मगुई खोलामा पानीको बहाब बढ्दा सडक अबरुद्ध भएको हो । खोलामा आएको बाढीले माडी ठोरी चल्ने साना ठुला सवारीसाधन बाटोमानै रोकिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो । उहाँले खोलामा पानीको बहाब कम भएपछि मात्र सवारीसाधन सञ्चालन हुने बताउनुभयो ।

घाँघर खोलामा पुल निर्माणको चरणमा छ भने मगुई खोलामा निर्माणाधिन पुलबाट मोटरसाइकल मात्र तार्न मिल्छ । माडी–ठोरी सडकमा पर्ने अधिकांस खहरे खोलामा बर्षेनी बर्खाको समयमा आउने बाढीका कारण सडक अबरुद्ध हुने गरेको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>