खैरहनी

पुर्वीचितवन खैरहनीको डेजी स्कुलका २ विद्यार्थीले ल्याए ४ जिपिए

Banner

चितवन,असार १३-

पुर्वीचितवनको खैरहनी नगरपालिका ८ पर्सामा रहेको डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । बिहिबार प्रकाशित एसईईको परीक्षाफलमा डेजी स्कुलका आर्यन अधिकारी र सुगम गौतमले ४ जिपिए ल्याएका हुन । डेजीबाट ११४ जना विद्यार्थीले एसईई दिएकोमा १७ जना विद्यार्थीले ३.६ जिपिएभन्दा माथि अंक ल्याउन सफल भएको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताउनुभयो ।

खैरहनी नगरपालिकाबाट ६ सामुदायिक विद्यालय र ११ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा सहभागि थिए । खैरहनी माविबाट ३ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>