समाज

चलचित्र ‘महाजात्रा’का बालकलाकार अर्बिनले उच्च जीपीएसहित एसईई पास गरे

Banner

काठमाडौं,असार १३-

फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले बताए । अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले सुनाए ।

अर्बिन आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् । उनी अभिनित फिल्म ‘महाजात्रा’ छैटौँ दिनमा प्रर्दशनरत रहँदा एसईईमा सहभागी भएका थिए । त्यस फिल्ममा उनी नायक विपिन कार्की र नायिका वर्षा राउतको छोराका रुपमा देखिएका छन् । चैत ९ बाट प्रदर्शनमा आएको फिल्मले ५१ दिन मनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>