समाचार

एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुने

Banner

काठमाडौँ,असार १३-

राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै संचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने बताए ।

‘हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो’, अध्यक्ष शर्माले भने, ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’यसबारेमा कहीँ कतै के भएको छ भन्ने बोर्डले छानबिन गर्ने अध्यक्ष शर्माको भनाइ छ । नतिजा सार्वजनिक कार्यक्रममा ननग्रेडेड घटेको र ग्रेडेड प्रतिशत बढेको बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक नभई बाहिरिएको विषयमा यसअघि पनि बोर्डले छानबिन गर्ने बताउँदै आएपनि छानबिन हुने गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>