Breaking News

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध,मुग्लिन-मलेखु सडक एकतर्फी

Banner

भरतपुर,असार १२-

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । करिब १२ः५० बजे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलबिरेमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी रुपमा अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पहिरो खुलाउनका लागि सडकका कर्मचारीसंगै प्रहरी खटिएका छन । यस्तै पहिरोका कारण मुग्लिन मलेखु सडक एकतर्फी भएको छ । इलाका प्रहरी कार्यलय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा पहिरो खस्दा सडक एकतर्फी बनेको हो । अहिले पहिरो पन्छाउने काम जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>