राजनीति

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

Banner

काठमाडौँ, असार १२-

राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगा निम्ति कृतज्ञता ज्ञापन गर्नुभयो ।

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>