Breaking News

आज नारायणीसहित यी नदीमा बाढीको सम्भावना

Banner

चितवन, असार १२-

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-सान नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । त्यस्तै कमला नदीमा भने पानीको बहाव उल्लेख्य बढ्नेछ ।

नारायणी र यसका प्रमुख सहायक नदीहरू बुढीगण्डकी, सेती, मर्स्याङ्दी, कालीगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दो रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्युठान, रोल्पा, सल्यान, रुकुम-पूर्व, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले स-साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>