समाज

४५ दिने सिपमुलक कपाल काट्ने तालिम सम्पन्न

Banner

चितवन, असार १२-

भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २५ जनालाई सिपमुलक कपाल काट्ने तालिम दिइएको छ । सिजि ल्याण्डमार्कस्थित पपुलर युनिसेक्स सैलुनका प्राविधिकले कपाल काट्ने प्रशिक्षण दिएका हुन् ।

४५ दिने उक्त तालिमको मंगलवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

तालिमलाई जिल्ला वन पैदावार आपूर्ती समिति चितवनले पनि सहयोग गरेको थियो । युवाहरुलाई जिविकोपार्जनमा जोड्नका लागि कपाल काट्ने तालिम दिइएको हो ।

कपाल काट्ने सिप सिकेका उनीहरुले भविष्यमा कपाल तथा दारी काट्ने व्यवसाय सञ्चालन गर्न सक्षम भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>