चितवन विशेष

मन्त्री तामाङद्वारा भरतपुरमा रहेको दियालो सङ्ग्रहालयको अनुगमन

Banner

चितवन,असार ११-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएपछि यसको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्ष्यित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्नेगरी काम भइरहेका छ । हाल सङ्ग्रहालय मर्मतको ९० प्रतिशत काम सम्पन्न भएको छ दिदीबहिनी निर्माण सेवाले रु ९२ लाखमा मर्मतको ठेक्का पाएको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार बनेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । ऐतिहासिक यो स्थल ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>