राजनीति

राजदुत नियुक्ति सच्याइन्छः प्रधानमन्त्री दाहाल

Banner

काठमाडांँ, असार ११-

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदुत नियुक्ति सच्याइने बताउनुभएको हो । उहाँले राजदुत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको बताउनु भयो । उहाँले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताउनु भयो । उहाँले राजदुत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको बताउनु भयो ।

उहाँको भनाइ पढ्नोस्–
उहाँले भन्नुभयो, ‘राजदुत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रश्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रश्तुत गर्नुप¥यो । ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरुमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो । मैले त्यतिखेर नेपाली काँग्रेसका सभापतिलाई भनेको थिए, तपाईले योग्य मान्छे दिनुभयो । अहिले पनि मैले योग्य मान्छे दिनुप¥यो । मेरिटको आधारमा दिनुप¥यो भनेको हो । अब कति मेरिटमा परे, परेनन् । कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ । यो विश्वास दिलाउन चाहन्छु । मेरिटकै आधारमा यो अगाडी बढोस् भन्ने हाम्रो धारणा पनि म प्रष्ट रुपमा राख्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समिकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदुतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदुतहरुलाई तिन महिना काम गर्न दिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>