बलिउड/हलिउड

सोनाक्षीको बिहेमा किन सहभागी भएनन् उनका भाइ ?

Banner

काठमाडौं, असार ११-

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालले विवाह गरेका छन्।

उनीहरूले २३ जुनमा कानुनी विवाह गरेका हुन्। विवाहपछि उनीहरूले रिसेप्सन पार्टी आयोजना गरेका थिए। पार्टीमा परिवार, साथी र थुप्रै बलिउड कलाकारहरू सहभागी थिए।

विवाहमा सोनाक्षीका बुबा शत्रुन्ध सिन्हा र आमा पूनम सिन्हा देखिएका थिए। तर सोनाक्षीका दुवै भाइ लभ सिन्हा र कुश सिन्हा सहभागी थिएनन्।

सोनाक्षीका दुवै भाइ सहभागी नभएपछि उनीहरूबीच मतभेद रहेको अनुमान गरिएको छ। हालै यस विषयमा लभ सिन्हाले आफ्नो कुरा राखेका छन्।

‘कृपया एक या दुई दिनको समय दिनुहोस् ताकि म तपाईहरूको प्रश्नको जबाफ दिन सकूँ। प्रश्नको लागि धन्यवाद,’ उनले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै भनेका छन्।

सोनाक्षी र जहीरको विवाहको मिति सार्वजनिक भएसँगै सिन्हा परिवार खुसी थिएनन्। तर उनका पुरा परिवार विवाह सहभागी भएका थिए तर सोनाक्षीका दुवै भाइ सहभागी भएनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>