राजनीति

रविले भने-सीआईबी गिरिबन्धु टी इस्टेटको उजुरी पर्खेर बसेको छ

Banner

काठमाडौं, असार १०-
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गिरिबन्धु टी इस्टेटको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो उजुरी पर्खेर बसेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि काण्डको फाइल खोल्न आफू नडराउने बताए । ‘नेपाल प्रहरीलाई र नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई गिरिबन्धु टी इस्टेटको बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ र केन्द्रीय अनुसन्धान ब्यूरो गिरिबन्धु टी इस्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ’, उनले भने ।

गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरुले गृहमन्त्री गिरिबन्धु टी इस्टेटको फाइल खोल्न डराएको टिप्पणी गरेका छन् । सोमबार गृहमन्त्री लामिछानेले कुनै पनि बेलादेखि भएका घटनाहरुको बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>