देश/प्रदेश

पुल बनाउन खनेको खाल्डोमा डुबेका बालकको शव फेला

Banner

कास्की, असार २-

पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको हो ।

शनिबार साँझ खाल्डोमा खसेका बरपौवाका ९ वर्षीय गणेश विकको शव आज (आइतबार) बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले बालकको शव करिब २० फिट गहिराइबाट निकालेको जनाएको छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>