कालिका

चितवनको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी

Banner

चितवन,असार २-

चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट भएको छ । शनिवार साँझ ८ः४० बजेको समयमा अज्ञात समूहले बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो । लुटेरा समूहले सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैंया चोरी भएको छ । चोरी भएको भनिएको मध्येको ७७६.८१ ग्राम सुन पसलमै फेला परेको प्रहरीले जनाएको छ ।
हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरेको छ । शनिबार सुनचाँदी पसल भने खुला थियो । पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको जनाइएको छ ।

पसलबाट कति सुनचाँदी चोरी भएको भन्ने विवरण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>