समाचार

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छः उपसभापति खड्का

Banner

महेन्द्रनगर, असार १-

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उहाँले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राख्नुभयो ।

“संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ”, खड्काले भन्नुभयो, “सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ ।” पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने बताउँदै उहाँले सङ्गठन विस्तार अभियानमा लागेको जानकारी दिनुभयो । “अहिले जनताको सुखदुःखको साथी बन्ने अभियानमा कांग्रेस लागेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य नारायणप्रकाश साउदलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>