राजनीति

बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा

Banner

काठमाडौँ, असार १-

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउनका लागि १ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । बागमती सरकारले प्रदेशलाई वातावरण मैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै वातावरण मैत्री वातावरण निर्माणका लागि रकम विनियोजन गरेको बताएका हुन् । यस्तै वातावरण सम्मेलन गर्ने, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षारोपण लगायतका योजना अघि सारिएको छ ।

यस्तै उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड विनियोजन गरेको घोषणा गरे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>