खेलकुद

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयोः खेलकुदमन्त्री श्रेष्ठ

Banner

काठमाडौँ, असार १-

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताउनु भयो । उहाँले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उहाँको भनाइ थियो । उहाँले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ’सांसद निर्वाचित भइसकेपछि अहिले सरकारमा गएपछि हामीले कअर्को कुरा पनि देखिरहेका छौँ । हामीले एउटा महत्वपूर्ण कुरा के देखिरहेका छौँ भन्दा शासकीय बेथिति सामाजिक बेथिति भन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा हाम्रो साथीहरु सबैले अनुभव गरिरहेका छाँै । किन भन्दा अहिले सरकारको नेतृत्व गरिहेको छाैँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले उपलब्धी नहुने गरी चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले हामीलाई कुनै किसिमको सम्झौता गर्नुप¥यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ । वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ । सत्तारुढ दलहरुमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ ।’

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरुले काम पूरा गरेको बताउनु भयो । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>