Breaking News

देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने

Banner

काठमाडौँ, असार १-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपासँग आम नागरिकहरुको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गर्नुभयो । उहाँले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनैपनि नराम्रो काम गरेको बतउनु भयो । उहाँले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताउनु भयो । उहाँले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ । तर नराम्रो नगर्दैमा पुग्ने दल हो र हाम्रो । हामीमा त कत्रो भारी छ । कत्रो अपेक्षा छ, माछै माछाका कुरा छन् यहाँ । सबैभन्दा ठूलो त यहाँ माछा छ नि त । उपलब्धि के हो माछा भन्ने हामीले बनाएका छाँै । हामीले पनि भनेकै हौँ, बनाएका पनि हौँ । अरु त सबै ठिक छ, खै त भन्ने । चिया पसलहरुमा पनि खै त सय दिन भयो खै त भन्ने छ । विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ ।’

उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरुसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>