समाचार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडकमा शव राखेर राजमार्ग अवरुद्ध

Banner

काठमाडौं,जठे ३२-

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । गाउँपालिका-९ स्थित ढकेरीमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका-८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार गएराति करिब ९ बजेर ३५ मिनेट जादा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करपश्चात् विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेको उनले बताए । दुर्घटनापश्चात् टिपरचालक फरार छन् भने गाडी मालिक प्रहरीको सम्पर्क आएका छन् । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ ।

मृतक विष्ट राप्तीसोनारी गाउँपालिका ८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव रहेको स्थानीय कवीन्द्र परियारले जानकारी दिए । परियारका अनुसार मृतकको शव अहिलेसम्म पनि सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>