चितवन विशेष

चितवनको भरतपुरमा कार एक आपसमा ठोक्किदा दुई जना घाइते

Banner

भरतपुर,जेठ ३०-

चितवनको भरतपुरमा कार एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुरको कार्यालय अगाडि रामपुरतर्फ जाँदै गरेको बा १९ च १४० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च ४६६१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा उनिहरु घाइते भएका हुन । घाइते भरतपुर ७ का ३२ वर्षीय सुदिप पौडेल र भरतपुर १७ बस्ने ३९ वर्षीय पशुपति अधिकारी रहेका छन । उनिहरु दुबैजना कारका चालक हुन् । दुबै जनाको उपचार चितवन मेडिकल कलेजमा  भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>