देश/प्रदेश

अम्बानीका छोरा अनन्त र प्रेमिका राधिकाको प्रि-वेडिङका लागि इटाली उडे सलमान, रणवीरसहितका स्टार

Banner

काठमाडौँ, जेठ १५-

भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्टको प्रि-वेडिङ समारोह युरोपमा तय छ । २९ मे देखि १ जुनसम्म दक्षिण फ्रान्सको समुन्द्री तटमा समारोह हुने जनाइएको छ ।

भारतीय मिडियाका अनुसार यो वैवाहिक समारोहका लागि बलिउड सेलिब्रेटी सलमान खान, आलिया भट्ट, रणवीर कपुर, रणवीर सिंह, क्रिकेटर एमएस धोनी, इन्फ्लुएसर ओरी लगायत इटाली प्रस्थान गरेका छन् ।

त्यसतर्फ लाग्नुअघि यी सेलिब्रेटी सोमबार मुम्बई विमानस्थलमा देखिए । आलिया र रणवीर छोरी राहासहित एयरपोर्टमा देखिए । सलमान चाहिं फिल्ममेकर एट्लीसहित देखिएका थिए ।

अनन्त र राधिकाको विलासी प्रि-वेडिङ समारोह चार दिनसम्म चल्नेछ । यो समारोह फ्रान्स र इटालीमा आयोजना हुँदैछ ।
जुलाईमा अनन्त र राधिकाले विवाह गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>