बलिउड/हलिउड
नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने
०

काठमाडौं, जेठ १-
सरकारले हलिउड तथा बलिउडलगायत अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गर्ने भएको छ ।
संघीय संदसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै बलिउड र हलिउडका चलचित्र निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने बताए ।
पौडेलले उनीहरूलाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी लचित्र पर्यटन प्रवर्द्धन गर्ने तयारी सरकारको रहेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























