बलिउड/हलिउड

‘सक्किगोनि’ टिमको फिल्म लाज ‘शरणम्’ फागुन १४ मा प्रदर्शन हुने

Banner

काठमाडौं, वैशाख २८-

लोकप्रिय हास्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म लाज ‘शरणम्’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

फिल्म आउँदो महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।

निर्माण टिमले यतिबेला फिल्मको पटकथा र संवाद लेखनको कामलाई अन्तिम चरणमा पुर्याएको छ। छिट्टै छायांकनमा जाने तयारीमा रहेको फिल्मका निर्देशक, कलाकार लगायतको जानकारी पनि चाँडै दिइने जनाइएको छ।

कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को संयुक्त निर्देशन रहँदै आएको सक्किगोनि’ दर्शकमाझ लोकप्रिय सिरियल हो। सिरियल निर्माणमा लागेको १० वर्षपछि ‘जिग्री’ र ‘पाँडे’ को टिमले फिल्म बनाउन लागेको हो।

दुई महिनाअघि पोस्टरमार्फत फिल्मको नाम सार्वजनिक गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>