बलिउड/हलिउड

‘हीरामण्डी’ बन्यो नेटफ्लिक्समा अहिलेसम्मकै धेरै हेरिने हिन्दी सिरिज

Banner

काठमाडौं, वैशाख २७-

‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो ।

भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको यो सिरिज ४३ मुलुकमा धेरै हेरिने १० उत्कृष्टमध्ये परेको छ । गैरअंग्रेजी भाषाको सूचीतर्फ यो सिरिज दोस्रो स्थानमा छ । पहिलो स्थानमा ‘द असुन्टा केस’ छ ।

‘हीरामण्डी’लाई ४.५ मिलियन पटक हेरिएको छ भने दर्शकले यो सिरिज हेर्न ३३ मिलियन भ्युअर्ससिप घण्टा खर्चिएका छन् । ‘हीरामण्डी’ अर्को भारतीय शो ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’ भन्दा अघि छ । आठ एपिसोडको यो सिरिज भन्सालीको ओटीटी डेब्यु समेत हो ।

‘हीरामण्डी’ले चर्चित अन्तर्राष्ट्रिय सिरिजहरु सुपरसेक्स, द किलर प्याराडक्स, जियोनसियोङ क्रिएचरलाई पनि उछिनेको छ । मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको हीरामण्डीले सन् १९२० र १९४० को दशकको लाहोरको कथा भन्छ, जहाँ ब्रिटिस उपनिवेशविरुद्ध संघर्ष गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>