मनोरञ्जन

हिन्दी गीतको मोडलिङमा व्यस्त रहेकी प्रिन्सीबिना प्रिज्माले खेलिन पहिलो नेपाली म्युजिक भिडिओ

Banner

काठमाडौं, वैशाख २३-

टिकटक प्लेटफर्मबाट म्युजिक भिडिओमा उदाएकी प्रिज्मा खतिवडाले पहिलो पटक प्रिन्सी खतिवडाबिना म्युजिक भिडिओमा मोडलिङ गरेकी छन् । दर्जनौं म्युजिक भिडिओमा संगसंगै मोडलिङ गरेकी प्रिज्माले लाम लाम पिरतीमा प्रिन्सी बिना मोडलिङ गरेकी हुन् ।

प्रिन्सी लगातार हिन्दी गीतमा व्यस्त भएपछि प्रिज्माले पनि उनीबिना गीतमा मोडलिङ गर्न थालेकी हुन्। छविराज सुनार र शान्तिश्री परियारको स्वर रहेको यसको भिडिओमा प्रिज्मा र प्रकाश सपुतलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ। सुनिल वि.क.को निर्देशनमा बनेको यो भिडिओमा दिलिप रायमाझी र करिष्मा मानन्धरको समेत अभिनय छ।

तर, प्रिन्सीलेपनि प्रिज्माबिना हिन्दी गीतमा मोडलिङ गरेकी छिन्। बलिउडको चर्चित कम्पनी ‘टी–सिरिज’ को ‘जान देंगे तुम्हे’ गीतको भिडिओसहित ‘बारिशेु, ‘हो जाने दो’ लगायतका हिन्दी गीतमा मोडलिङ गरिसकेकी प्रिन्सी पछिल्लो समय लगातार हिन्दी गीतमा व्यस्त छिन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>