बलिउड/हलिउड

सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ

Banner

मुम्बई, वैशाख ४-

बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो । आइतबार बिहान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।

मुम्बई प्रहरीको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको मुम्बई प्रहरीले बताएको भन्दै पीटीआईले समाचार छापेको छ ।

संदिग्धहरुलाई मुम्बई ल्याउन लागिएको बताइएको छ । खानको घर बाहिर गोली चलाएको मामिलामा पश्चिम कच्छ प्रहरीले लरेन्स बिश्नोई गिरोहका दुई संदिग्धहरूलाई पक्राउ गरेको भुज पुलिसले जारी गरेकको प्रेस विज्ञप्तिमा भनिएको छ । पक्राउ पर्नेमा विक्की गुप्ता र सागर पाल रहेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>