मनोरञ्जन

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को पोस्टर सार्वजनिक

Banner

काठमाडौं, चैत १८-

नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ ।

एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको छ ।

चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ । पोस्टरमा प्रयोग गरिएको रंग संयोजनले पनि चलचित्रको थिम बताउँछ ।

अनेकौँ आकाङ्क्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने चलचित्रकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् । ‘नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोससहित चलचित्रबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ’, पण्डितले बताइन् ।

केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने र केही लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन् । हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन् ।

यस चलचित्रमा अनिताको साथमा सुरबिना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वी घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्वी फिल्मस्ले यो चलचित्र निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>