मनोरञ्जन

राजनीतिमा फर्किए अभिनेता गोविन्दा, मुम्बईबाट चुनाव लड्ने तयारी

Banner

काठमाडौं, चैत १६-

भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् ।

यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले पार्टी प्रवेशको कुरालाई खास नभएको बताएका छन् ।

गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले आफू १४ वर्षको वनबासपछि राजनीतिमा फर्किएको पार्टी प्रवेश कार्यक्रममा बताए । उनले आसन्न लोकसभा चुनाव लड्न सक्ने अनुमान गरिएको छ । बिहीबार महाराष्ट्र राज्यका सीएम शिन्देले पार्टी सदस्यता दिलाए । उक्त अवसरमा चुनावको टिकटका लागि गोविन्दा पार्टी प्रवेश नगरेको अभिव्यक्ति शिन्देले दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>