मनोरञ्जन
वैशाख ५ गते प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना
०
काठमाडौं, चैत १२-
गायिका एलिना चौहानले विवाह गर्ने भएकी छिन् । गायिका एलिनाले प्रेमी विष्णु सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्ने भएकी हुन् । झापाबाट उनीहरूको विवाह हुन लागेको हो।
दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्।
एलिनाले भनिन्, ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु ।’
अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका गीतकार सापकोटा बागलुङ निवासी हुन् । गायिका एलिनासँग विष्णुको भेट गत वर्षको तीज कार्यक्रममा भएको थियो । तर, उक्त समयदेखि प्रेम सम्बन्धमा रहेपनि केहि समय अगाडी यी दुईबीच ब्रेकअप भएको खबर फैलिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>