मनोरञ्जन

अभिनेत्री मिरुनाको आग्रहः होली खेल्दा जनावरहरुलाई रङ नलगाइदिनुहोला

Banner

काठमाडौँ, चैत ११-

अभिनेत्री मिरुना मगरले स्वास्थ्य सावधानी अपनाएर होली खेल्न आग्रह गरेकी छन् । उनले फेसबुक र इन्स्टाग्राममा जनचेतनामूलक पोस्ट सेयर गर्दै स्वास्थ्य सावधानी अपनाएर होली खेल्न आग्रह गरेकी हुन् । अभिनेत्री मगरले कुकुर लगायतका जनावरलाई रङ नलगाइदिन भनेकी छन् ।

उनी लेख्छिन्, ‘विनम्र अनुरोध सबैलाई । कृपया होली खेल्दा पशु जनावरहरुलाई रङ नलगाइदिनुहोला । यो उनीहरुको लागि सुरक्षित हुँदैन ।’ उनले सभ्य ढंगले होली खेल्न समेत अपील गरेकी छन् ।

उनले कुकुर लगायत जनावरका लागि होली प्रयोग गरिने रङ विषालु हुने उल्लेख गरेकी छन् । मिरुनाले यसैसाता ‘घरज्वाइँ’को छायांकन गरिन् । उनी अभिनित ‘मनसरा’ प्रदर्शन तयारीमा छ भने ‘ऊनको स्वीटर’ छायांकन तयारीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>