मनोरञ्जन

प्रदर्शनरत चलचित्र ‘रंगेली’को गीत ‘फूल ओइलिएर’ सार्वजनिक

Banner

काठमाडौं, चैत १-

गत शुक्रबारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रंगेली’को अर्को गीत ‘फूल ओइलिएर’ सार्वजनिक भएको छ ।

युट्युबमा सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ भने चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन् ।

शुक्रबारदेखि बिहीबारसम्म आइपुग्दा यो चलचित्रले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढिरहेको देखिएको छ । बुधबार दिउँसोका शोहरू सन्तोसजनक र साँझका शोहरू हाउसफुल थिए । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै मनोरञ्जन लिएको निर्देशक सुवेदीले बताए ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ । नेपाल रिलिजपछि यो चलचित्र अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सार्वजनिक हुने पक्का भइसकेको छ । त्यस्तै, अस्ट्रेलिया, युरोप, हङकङ, भारतलगायतका देशहरूमा सार्वजनिकको लागि त्यहाँस्थित बितरकहरूसँग सार्वजनिकको लागि अन्तिम चरणमा पुगेको बताइएको छ ।

‘रंगेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जंग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता र छायाकार सुशन प्रजापति हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>