देश/प्रदेश
आफू विरुद्धको मुद्दा फिर्ता भएपछि गायक कँडेलले पनि महिलाविरुद्धको मुद्दा लिए फिर्ता
०

काठमाडौँ, फागुन २३-
इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा पीडित महिला आफैले फिर्ता लिएकी हुन् ।
पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा फिर्ता लिइएका छन् ।
इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























