गसिप

जितु नेपालले गरे ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा

Banner

काठमाडौं, फागुन २२-

हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् ।

जितु नेपालले खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको बताए । ‘यति धेरै खर्च गरेर अहिलेको अवस्थामा शो चलाउनै कठिन देखियो । नयाँ पाराको कार्यक्रम पनि ल्याउनुपर्‍यो,’ उनले भने ।

पछिल्लो समय यो शोको तेस्रो सिजन प्रसारण भइरहेको थियो । तेस्रो सिजनसम्म १८४ भाग प्रसारण भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>