बलिउड/हलिउड

आमा बन्दैछिन् दीपिका पादुकोण

Banner

नयाँ दिल्ली, फागुन १८-

भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् ।

दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन् । पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ ।

दीपिकाको यो पोस्टमा फ्यान देखि सेलिब्रेटीहरुसम्म धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् । कृति सेनन, मनीष मल्होत्रा, मेधा शंकर, अंगद बेदी, मियांग च्याङ्ग, कुब्रा सैत, मसाबा गुप्तालगायत कयौँ सेलिब्रेटीहरुले सिंह दम्पत्तिलाई बधाई दिएका छन् । कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भइरहेको थियो । बाफ्टा अवार्ड्स २०२४ मा दीपिका साडीमा देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प देखिएको र अभिनेत्रीले साडीको सप्कोले बारम्बार पेट छोपेपछि उनी गर्भवती भएको अफवाह चलेको थियो ।

दीपिका र रणवीर सिंह बलिउडको पावर कपल हुन् । फिल्म रामलिलाको सेटमा दुवैको प्रेम कथा सुरु भएको थियो । सन् २०१२ मा डेटिङ सुरु गरेको यो जोडीले सन् २०१८ मा इटलीमा बिहे गरेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>