मनोरञ्जन

श्वेस्ता फेशन स्टुडियोको ग्ल्यामर विथ ग्रेसमा मिस नेपाल अस्मीको यस्तो र्‍याम्प

Banner

चितवन, फागुन १३–

चितवनमा धेरै फेशन शो कार्यक्रम हुन्छन् । तर मिस नेपाललगायत चर्चित अनुहारको र्‍याम्प खासै देख्न पाइदैन । तर हालै भरतपुरमा श्वेस्ता फेशन स्टुडियोले ‘ग्ल्यामर विथ ग्रेस’ नामको फेशन शो कार्यक्रम आयोजना । होटल सिराइचुलीमा भएको फेशन शोमा पहिलोपटक सन् २०१६ की मिस नेपाल अस्मी श्रेष्ठलाई ¥याम्पमा हिडेको देख्न पाइयो ।
उनी चितवनमा पहिलोपटक र्‍याम्पमा उत्रिएकी हुन् । दर्शकहरु बसेकै छेउबाट र्‍याम्पमा उत्रिदा तालीले स्वागत गरेका थिए ।

अस्मीसंगै अन्य ८ जना मोडल र्‍याम्पमा उत्रिएका थिए । मोडेलहरु श्वेस्ता फेशन स्टुडियोकी प्रमुख श्वेस्ता श्रेष्ठ पियाले डिजाइन गरेको पहिरनका साथ ¥याम्पमा उत्रिएका थिए । तीन वटा सिक्वेन्समा प्रस्तुती रहेको थियो । सबैको साथ र सहयोगबाट फेशन शो सफल भएको पियाले बताइन् । कार्यक्रममा सहभागि हुने मोडलहरुलाई कोरियोग्राफर प्रज्ञा तिवारीले प्रशिक्षण गराइएकी थिइन् । यस्तै अफिसियल मेकअप आर्टिस्ट करिना श्रेष्ठ (क्रिएटिभ कन्टूर ब्यूटी लाउन्ज)को मेकअप रहेको थियो । कार्यक्रममा लाइभ म्युजिकसंगै लोकल व्याण्डको प्रस्तुती र नृत्य समेत देखाइएको थियो ।

कार्यक्रम आयोजक श्वेस्ता फेशन स्टुडियो गत भाद्र ७ गतेदेखि संचालनमा आएको हो । स्टुडियोकी प्रमुख श्वेस्ता श्रेष्ठ पिया फेशन डिजाइनिङमा व्याचलर अध्ययन गरेकी छन् भने मुसी फैशनालय काठमाडौंमा ६ महिनासम्म इन्र्टन समेत गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>