भिडियो

बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक (भिडिओ)

Banner

चितवन, फागुन ९–

आगामी चैत्र ९ गते देखी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’ टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँले पैसा प्राप्तीको लागि गरेको संघर्षलाई देखाएको छ । टिजरमा अभिनेता हरिवंश आचार्यलाई नेताको रुपमा देखाउदै पैसाको लागि आफ्नो पावरको समेत दुरुपयोग गरेको पाईएको छ ।

सफल निर्देशक प्रदिप भट्टराईको लेखन निर्देशन रहेको फिल्मको सार्वजनिक टिजरले दर्शकमा उत्सुक्ता थपिदिएको छ । जात्रा र जात्रै जात्रा सुपरहिट भएपछी जन्मिएको ‘महाजात्राले पनि बक्स अफिसमा दर्शकमा अपार माया पाउने देखिएको छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्ममा वर्षा राउत, राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर वाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कोइराला, अर्विन खड्का लगायतका कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्म मित्र डी गुरुङको सम्पादन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>