बलिउड/हलिउड

सम्बन्ध विच्छेदपछि राजनीतिमा आउँदै इशा देओल

Banner

नयाँ दिल्ली, फागुन ६-

भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री इशाले हालै मात्र भरत तख्तानीसँग ११ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । यो खबरले इशाका फ्यानहरुलाई निक्र ठुलो झट्का लागेको थियो । ठुली छोरीको घर बिग्रेपछि अभिनेता धर्मेन्द्र निकै दुःखी भएका थिए ।

यसैबिच अभिनेत्री हेमा मालिनीले भने छोरी इशाको भावी योजनाबारे कुराकानी गरेकी छिन् । आफ्नै दुवै छोरीहरू इशा र अहानालाई राजनीतिमा रुची भएको बलिउडकी ड्रिम गर्लले एबीपी न्यूजलाई दिएको अन्तरवर्तामा भनेकी थिइन् । इशा राजनीतिमा प्रवेशका लागि निकै इन्टरेस्टेड भएको अनि यो सब उनलाई मन पर्ने हेमाको भनाई थियो । ‘आउँदा वर्षहरूमा उसलाई ठीक लाग्यो भने उनी आवश्यक राजनीतिमा सामेल हुनेछिन् ।’ हेमाले भनिन् ।

आज आफूले राजनीतिज्ञको रुपमा काम गर्न सकिरहनुको कारण आफ्नो परिवारको साथ र सहयोग भएको उनले बताएकी छिन् । धर्मेन्द्र नेतागिरीमा आफूलाई निकै सहयोग गरेको उनले बताइन् । ‘मेरो परिवार हरहमेशा मेरो साथ मै रह्यो । परिवारको कारणले नै मैले यो सबै गर्न सकेकी हुँ ।’ हेमाको भनाई छ । हेमा लामो समयदेखि राजनीतिमा छिन् । उनको जेठी छोरी कहिले राजनीतिमा आउँछिन् यो चाँहि हेर्न बाँकी नै छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>