भिडियो

‘ए होर माया–३’ मा म्युजिक भिडियोमा बिमल र गरिमाको रोमान्स

Banner

काठमाडौँ, माघ २५-

लोकप्रिय गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ ।

यो गीतलाई यसअघिको चर्चित गीत ‘ए होर माया’को तेस्रो सिरिजको रुपमा लिइएको छ । गीतमा शब्द र संगीत भने बिमल अधिकारीको रहेको छ । यो गीतका निर्माता र मोडल पनि बिमल नै हुन् । गीत बिमलको भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको हो ।

गीतको भिडिओमा बिमलसँगै अभिनेत्री गरिमा शर्मालाई देख्न सकिन्छ । भिडिओ लुम्बिनीसँगै बिभिन्न रमणीय स्थानमा खिचिएको छ । मौसम हिमालीको निर्देशन रहेको भिडिओ राजेश घिमिरेले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

गीतमा सर्जक तथा निर्माता बिमलले यसपटक पनि गीतको अडियो अनुसार कुनैपनि कुरामा कमि नगरी भिडिओ निर्माण गरेको बताउँछन् । ‘हामीलाई यसअघिका ए होर मायाको दुईवटा सिरिजलाई निकै मन पराइदिनुभयो । यसपटक पनि दर्शकले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’ बिमलले भने, ’सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेकोछु ।’

यसअघिको ’ए होर माया’लाई युट्युवमा २७ मिलियनपटक हेरिएको छ भने ‘आहा माया’ लाई पनि ८ मिलियन भन्दा बढी पटक हेरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>